टीकापुर क्षेत्रमा बृक्षारोपण सम्बन्धि गरीने कार्यक्रम
क) बिभिन्न ब्लक भित्रका ओपन स्पेशमा निर्माण गरीने बगैचा हरियाली अभियान सम्बन्धमा ।
टीकापुर नगर नेपालकै नमुना बगैचाको शहर बाट प्रचारीत एव् प्रख्यात छ । नेपालमा एक मात्र नगर टीकापुर नगर वातावरण मैत्री नगरको रुपमा विकसित गर्न सकिने । यो नगर मा ३३ वटा ब्लक मा ७९ भन्दा बढी ओपन स्पेश रहेका छन सो ७९ मध्य टीकापुरको मुख्य बजार चारचौतारी अगाडी डा. मोहन शर्माको घर अगाडी रहेको करीब ४ कठ्ठा ओपन स्पेश विश्राम बाटीका नामाकरण भैसकेको क्षेत्र लाई बगैचाको रुपमा व्यवस्थापन गर्ने गरी कार्यक्रम गरीने ।
ख) खुलामंच सीटीहलको अगाडी करीब ४ कठ्ठा जमीन ओपन स्पेश लाई भावि ओपन व्यायम शाला हुने गरी बगैचाको रुप दिने सोच रहेको । यस बाहेक नमुनाको नगर टीकापुरमा बाकी ७७ ओटा १ कठ्ठा देखि २ बिघा सम्मका ओपन स्पेशमा बृक्षारोपणको लागि अभियान नै संचालन गर्न अति आवश्यक रहेको
ग) सडक छेउ बृक्षारोपण कार्यक्रम सम्बन्धमा ।
टीकापुरमा गणना गरी नसकिने अनगिन्ति न्युनतम २० फिट देखि १५० फिट सम्मका चोडा सडक हरु रहेकाले टीकापुर स्थित खड्ग स्मृती प्रतिष्ठानले ल्याएको "ग्रिन टीकापुर, क्लीन टीकापुरको" अभियान साकार पार्न सडक छेउ एकल बृक्षारोपण गर्ने क्रममा टीकापुरको चारचौंतारी देखि बहुमुखी क्यामपस जाने बाटो सम्म २१५ थान फलामे ट्रीगार्ड लाग्ने सो को ईष्टीमेट तपसील अनुसार रहेको ।
प्रस्तावित कार्यक्रम बाट उपलब्धिहरु
- १) मानवोचित बस्तीको वातावरण सहित स्वास्थ्य वर्धक हावापानी ।
- २) टीकापुर क्षेत्रलाई स्वच्छ सफा , हरियालीले अरु क्षेत्रसंग चिनाउन सकिने ।
- ३) यस संस्थाले अनुदान प्राप्त गरेमा लगानी कर्ता संघसंस्थाको व्यापक प्रचार प्रसार हुन जाने ।
- ४) भविष्यमा यो क्षेत्र पर्यटकिय केन्द्रको रुपमा विकसित भई जाने ।
- ५) ग्रिन एण्ड क्लिनको अवधारणा सारा देश भरी फैलिने सम्भवना भएको ।