संस्थाको मूल उद्देश्य
यो संस्था मुनाफा रहित जनहितकारी संस्था हुनेछ। यो संस्थाले टीकापुरको ग्रामीण देखि शहरी क्षेत्रमा वातावरणीय सुधार ल्याउने र वन तथा वातावरण जस्तो अति महत्वपूर्ण विषयमा जनतालाई सचेत गराउन शहरी क्षेत्रमा जनचेतनात्मक सन्देश सहित सडक छेउ वृक्षारोपण कार्यक्रमको साथसाथै शहरी क्षेत्रमा चल्ने सवारी साधन रिक्शामा समेत उल्लेखित चेतनामूलक सन्देश फैलाउन रिक्शामा रहेको क्यारी ब्यागको ब्याक साइडमा हरियाली चेतना फैलाउने किसिमका मूल मंत्र टिनको पातामा लेखी सो टिनलाई सोही रिक्शाको ब्याकमा वेल्डिङ गर्ने जसबाट हरियाली सम्बन्धी व्यापक प्रचारप्रसार हुने।
क) दूरदृष्टि
यो संस्थाको मूल लक्ष्य टीकापुर शहरलाई स्वच्छ, सफा तथा हरियाली टीकापुर बनाउने त्रम यस प्रयत्न जारी रहने साथै दीर्घकालिन दृष्टिमा टीकापुर बजार देखि भारतीय सिमानामा रहेको खक्रोला घाट सम्म करिब १६ किलोमिटर सडकका दुबै किनार व्यवस्थित वृक्षारोपण गरिने तथा नयाँ निर्माण हुन गई रहेको टीकापुर देखि लम्की १४ किलोमिटर दायाँ बायाँ व्यवस्थित छेउ एकल बिरुवा वृक्षारोपणको दृष्टिको परिकल्पना रहेको।
ख) लक्ष्य
टीकापुर न.पा. लाई अफ वातावरणीय हिसाबले सुन्दर बनाउन व्यवस्थित एकल बिरुवा वृक्षारोपणको कार्यक्रम रहेको सो कार्यक्रम अनुसार फलामे ट्री गार्ड तथा हाल स्थानीय स्रोत र साधनमा आधारित बाँसको ट्री गार्ड सहित चेतनामूलक सन्देश सहीत व्यवस्थित रोड साइड प्लांटेशन गरिने लक्ष्य रहेको छ।
साथै यस प्रतिष्ठानले विगत ८-१० वर्ष देखि यस टीकापुर नगरमा ग्रिन तथा क्लीनको लक्ष्य लिई अघि बढी रहेको ग्रिनरीको कार्य सीमित साधन र स्रोतबाट काम अघि बढी रहेको तथा यस वर्षदेखि यस नगरमा स्वच्छ, सफा, शहर सभ्यता को लहर भन्ने मूल नाराका साथ नेपाल सरकारको वातावरण मैत्री स्थानीय शासन प्रारूप २०७० को मूल मर्म अनुसार आगामी आ.ब. २०८२-२०८४ सम्मको त्रि-बर्षीय वृहत हरियाली कार्यक्रम सहीत नगर एक उद्यान अनेक कार्यक्रम अघि ल्याई आगामी ३ बर्ष पश्चात टीकापुर नगरलाई नेपालकै प्रथम वातावरण मैत्री नगर निर्माणको लागि पूर्वाधार पूरा गर्न समर्पित प्रतिष्ठान हो। जसको मूल लक्ष्य टीकापुरको ग्रिन र क्लीनको अभियान साकार पार्नु हो।
योजना अनुसार यस टीकापुर नगरमा रहेका सयकडौं ओपन स्पेसलाई भविष्यमा (नगर एक, उद्यान अनेक) कार्यक्रम अन्तर्गत नगर बासीलाई वृहत हरियाली कार्यक्रममा सहभागी गराई भविष्यमा सयौं बगैंचा निर्माण हुने गरी निम्नानुसार ओपन स्पेसलाई नगरबासीको सहभागितात्मक कार्यक्रममा सहभागी गराई उहाँहरुकै भेला बाट बगैंचाको नामाकरण गरी तपसील अनुसार बगैंचाको शहर टीकापुर भन्ने अभियानमा संकल्पित रहेको प्रतिष्ठान।
यस नगरलाई स्वच्छ, सफा शहर सभ्यताको लहर भन्ने मूल मंत्र अनुसार नमुनाको नगर बगैंचाको शहर टीकापुरलाई सदैव स्वच्छ सफा राख्न आधुनिक डस्टबिन – फैलाउने भांडा, घाम, पानी तथा खिया नलागि तीसैं बर्ष टिक्ने किसिमको कंक्रिट सिमेन्ट बालुवा लगायतका सामानको मिश्रणबाट तयार गरिएका डस्टबिन शहरका सयौं ठाउमा चेतनामूलक सन्देश सहीत शहर सफाको लागि डस्टबिन कार्यक्रम पनि सशक्त अभियानको रुपमा शुभारम्भ गरिएको।